काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले डा. गोविन्द केसीलाई अपहरण शैलीमा प्रहरीले नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने संवैधानिक हकमाथिको राज्यको बर्बरता तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
‘सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो त्यो अत्यन्तै आपत्तिजनक र निन्दनीय छ,’ उनले लेखेका छन्, ‘नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने संवैधानिक हक माथीको राज्यको यस्तो निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गरियोस ।’
