Home बुलेट न्युज टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो

टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न सकेन । बिग्रिएको ठाउँ पत्ता लगाउन नसकेपछि आज बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएको छ ।

मर्मतमा खटिएका एक प्राविधिकले अनलाइनखबरसँग भने, ‘रातभरि झरीमा ओत लाग्दै, जम्पर छुटाउँदै हेर्दै गर्‍यौं तर फल्ट पत्ता लगाउन सकेनौं । यो कुरा हामीले माथि रिपोर्टिङ गरेका छौं ।’

गएराति नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ । बिजुलीका तार भूमिगत गर्ने कामको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगन्जबाट गरेका थिए ।

बिजुलीको तार भूमिगत गरिएको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि पटक–पटक समस्या आउने गर्दछ । निकुञ्ज क्षेत्रमा तार भूमिगत गरेर माडी क्षेत्रमा बिजुली लगिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com