Home बुलेट न्युज ट्रमा सेन्टरबाट बाहिरिए डा. केसी, शिक्षण अस्पतालमा भर्ना

ट्रमा सेन्टरबाट बाहिरिए डा. केसी, शिक्षण अस्पतालमा भर्ना

by ईलालटिन
0 comment

काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।

विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी  त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनका सहयोगी डा. प्रविण गिरीले जानकारी दिए ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com