काठमाडौं । आज ४ बजे संसदको बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनमा बजेटमाथि छलफल हुने भएको हो ।सभामुख अग्निप्रसाद सापकोटाले हिजो (सोमबार) संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरिसकेका छन् ।
उनले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बीचमा समझदारी बन्ने विश्वास व्यक्त गरेका थिए । सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने सभामुख सापकोटाको भनाइ छ । मेरोलगानी ।