230
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्ना प्रतिस्पर्धीहरुसँग मतान्तर फराकिलो पार्दै लगेका छन्।
आज बिहानसम्ममा बालेनले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्। पछिल्लो परिणम अनुसार उनको कुल मत १० हजार २४१ रहेको छ।
उनका प्रतिस्पर्धी नेकपा- एमालेका केशव स्थापित ५ हजार ४५३ र गठबन्धनबाट कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले ४ हजार ७४२ मतसहित पछ्याइरहेका छन्। मेरोलगानी ।