Home बुलेट न्युज जापानी प्रधानमन्त्रीमा योसिहिदे सुगा निश्चित

जापानी प्रधानमन्त्रीमा योसिहिदे सुगा निश्चित

by ईलालटिन
0 comment

टोकियो।  जापानको सत्तारूढ पार्टीले सिन्जो आबेपछि योसिहिदे सुगालाई आफ्नो नयाँ नेता चुनेको छ । यसले सुगा नै नयाँ प्रधानमन्त्री हुने निश्चितजस्तै भएको छ । प्रधानमन्त्री आबेले स्वास्थ्य स्थिति खराब भएका कारण गत महिना राजिनामा दिएका थिए । ७१ वर्षीय सुगा आबेका नजिकका व्यक्ति मानिन्छन् ।

त्यसकारण उनले आबेकै नीतिलाई अगाडि बढाउने आशा गरिएको छ । नेता छान्न मतदान भएको थियो । आफ्नो पार्टीका सांसद र क्षेत्रीय प्रतिनिधिसमेत गरी ५ सय ३४ मा उनले ३ सय ७७ मत पाए । उनका प्रतिस्पर्धीमा पूर्वपरराष्ट्र मन्त्री फुमियो किसिदा र लिबरल डेमोक्य्राटिक पार्टीका पूर्वमहासचिव तथा पूर्वरक्षामन्त्री सिजेरु इसिबा थिए । सांसदबीच बुधबार मतदान हुने कार्यक्रम छ । पार्टीको बहुमत हेर्दा उनी प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ ।

उनी स्ट्रबेरी किसानको परिवारमा जन्मिएका हुन् । उनले टोकियोस्थित होसेई विश्वविद्यालयबाट स्नातक गरी संसदीय चुनाव अभियानमा काम गर्न थालेका थिए । उनले लिबरल डेमोक्य्राटिक पार्टीको एक सांसदको सचिवका रूपमा काम गरे । त्यसपछि उनले आफ्नै राजनीतिक यात्रा सुरु गरे । उनी सन् १९८७ मा योकोहामा सिटी काउन्सिलमा चुनिएका थिए । सन् १९९६ मा पहिलो पटक जापानको सांसद पदमा विजयी भएपछि उनको राजनीतिक यात्रा रोकिएन । (बीबीसी)

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com