Home विशेष स्वास्थ्य मन्त्रालयले डाक्टरहरूलाई भन्यो- लेबल मिल्नेसँग मात्र बोल्नू

स्वास्थ्य मन्त्रालयले डाक्टरहरूलाई भन्यो- लेबल मिल्नेसँग मात्र बोल्नू

by ईलालटिन
0 comment

काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा जनस्वास्थ्यविद्दहरूलाई आफ्नो लेबल नमिल्ने व्यक्तिसँग गएर अन्तर्वार्ता नदिनको लागि अनुरोध गरेको छ।

आजभोलि सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमा कोरोना केही होइन भन्ने भ्रम छर्ने व्यक्ति निकै संक्रिय रूपमा लागिपरिरहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘केही व्यक्तिले कोरोनाका बारेमा बिना तथ्य र बिना आधार बोलिरहेका छन्,’ डा. गौतमले भने, ‘ चिकित्सक,जनस्वास्थ्य विज्ञले मिडियामा अन्तर्वार्ता जाँदा आफ्नो लेबल नमिल्ने मान्छेसँग नजानुहोस् र आफ्नो साइडबाट कमजोर प्रस्तुतिसमेत नगर्नुहोस्।’

त्यसैगरी, सर्वसाधारणलाई कोरोनाको भ्रम नछर्नका लागि मन्त्रालयले आग्रह गरेको छ।

हालै एक निजी टेलिभिजनमा संचालित टकसोमा राजनीतिज्ञ जागृत रायमाझीले कोरोनासम्बन्धी वैज्ञानिक तथ्य र प्रमाणभन्दा विपरीत जनमानमा भ्रम सृजना गर्नेगरी गरेको वहस चर्चामा छ । यो सन्दर्भमा स्वास्थ्य प्रवक्ताको यो धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com