Home पत्रपत्रिका पाल्पामा स्वास्थ्यकर्मीसहित २० संक्रमित थपिए

पाल्पामा स्वास्थ्यकर्मीसहित २० संक्रमित थपिए

by ईलालटिन
0 comment

           फाइल फोटो : तानसेनस्थित मिसन अस्पतालमाधव अर्याल
पाल्पा । चिकित्सक र स्वास्थ्यकर्मीसहित मंगलबार पाल्पामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार युनाइटेड मिसन अस्पतालका ४, लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बाँकी १० जना अस्पतालमा उपचार गराएका बिरामी र समुदायका हुन् ।

पाल्पा अस्पतालमा बिरामी र चिकित्सककी ७ वर्षीय छोरीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । लुम्बिनी मेडिकल कलेजमा चार जना डाक्टरमा कोरोना संक्रमण देखिएको छ । कलेजका कार्यकारी अध्यक्षसहित अन्य स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. राजु शाक्यले बताए । ‘अस्पतालको इमर्जेन्सीबाहेकका सेवा के गर्ने भन्ने निर्णय भइसकेको छैन,’ उनले भने, ‘डायलसिस सेवालगायत सर्जरीका समेत संक्रमित भएका छन् ।’

पाल्पा अस्पताल र मिसन अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेका छन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले बन्द गर्नु परेको मिसन अस्पतालकी निर्देशक डा. रचेल कारखले जनाएकी छन् । अस्पतालमा उपचार गर्न पुगेका बिरामी, चिकित्सक र समुदायमा देखिएपछि अस्पताल र स्थानीय तहले सेवा बन्द गरेका छन् ।

पूर्वखोला गाउँपालिकाअन्तर्गत सबै जनप्रतिनिधि, जोखिमयुक्त व्यापारी, बैंकका कर्मचारी, स्थानीय शंकास्पद व्यक्ति तथा गाउँपालिकाको कर्मचारी र अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुको १ सय ८३ जनामा लिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । कान्तिपुर

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com