Home अर्थ/वाणिज्य सुनको भाउ घट्यो, चाँदी भने स्थिर

सुनको भाउ घट्यो, चाँदी भने स्थिर

by ईलालटिन
0 comment

काठमाडौं । सुनको भाउ घटेको छ । वैशाख ६ गते, मंगलबार सुन तोलामा ४०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सोमबार भने सुनको मूल्य बढेको थियो । सो दिन सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन,चाँदी तोलामा पाँच रुपैयाँले बढेको थियो । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com