Home समाचार लोसपाबाट सिफारिस भएका वडाध्यक्ष मेयर बन्न एमालेमा प्रवेश

लोसपाबाट सिफारिस भएका वडाध्यक्ष मेयर बन्न एमालेमा प्रवेश

by ईलालटिन
0 comment

धनुषा  ।  मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् ।

मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ । लोसपा नेपालले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com