काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो। उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्।
उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन्। भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो। -सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।
यी हुन् राजदूत सिफारिस भएकाहरू:
बिष्णुपुकार श्रेष्ठ- चीन

दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
बासुदेव मिश्र- श्रीलंका
मिलन तुलाधर- रूस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी अरब
घनश्याम भण्डारी – बंगलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मलराज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
ज्योति प्याकुरेल – दक्षिण कोरिया
रामस्वार्थ राय यादव – डेनमार्क
नरेशविक्रम ढकाल- कतार
डोरनाथ अर्याल – ओमन
तिर्थराज वाग्ले – म्यानमार
हरिशचन्द्र घिमिरे – बहराइन । रातोपाटी ।