Home विशेष आज चैते दसैँ,बागलुङमा दर्शनार्थीहरुको भिड् (फोटो फिचर)

आज चैते दसैँ,बागलुङमा दर्शनार्थीहरुको भिड् (फोटो फिचर)

by ईलालटिन
0 comment

बागलुङ । आज चैते दसैँका दिन बिहानै देखि बागलुङ कालिका भगवतीको दर्शन गर्न देशका विभिन्न ठाउँबाट दर्शनार्थीहरु बागलुङ आइपुगेका छन् ।

बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुने गरेको छ । गएको दुई वर्ष भने कोरोनाको कारण मन्दिरमा आउने दर्शनार्थीहरुको सङ्ख्या ज्यादै कम रहेको थियो ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दसैँलाई बडादसैँको रूपमा मनाइन्छ भने चैत्र शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ ।

शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र मनले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

बागलुङ कालिका भगवती मन्दिरको ऐतिहासिक महत्त्व पनि रहेको छ । पर्वतका राजा प्रताप नारायण मल्लले वि.सं. १५९० मा राज्यारोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग भयो ।

विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com