Home अर्थ/वाणिज्य ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५०० जनाले पाए १० कित्ता

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५०० जनाले पाए १० कित्ता

by ईलालटिन
0 comment

काठमाडौं । चैत २० गते, आइतबार, ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा यस दिन सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

जसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ। स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।कम्पनीले चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com