Home अर्थ/वाणिज्य सुनचाँदीको भाउ फेरि महंगियो, एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो सुन

सुनचाँदीको भाउ फेरि महंगियो, एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो सुन

by ईलालटिन
0 comment

काठमाडौं ।  सुनचाँदीको भाउ फेरि महंगिएको छ । चैत १० गते, सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार १०० रुपैयाँले नै घटेको सुनको भाउ बिहीबार सोही भाउले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि सुन तोलामा एक हजार १०० रुपैयाँले नै उकालो लागेको थियो । सो दिन सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा झरेको थियो । बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । महासंघको तथ्यांक अनुसार बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले गिरावट भएको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com