काठमाडौं । सिटिजन्स बैंक (CZBIL)ले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगायतका संस्थाहरुमा सहयाेग गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कुल नाै लाख रुपैयाँकाे आर्थिक सहयोग प्रदान गरेको हाे । बैंकले आउँदै गरेको बैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउँदै छ।
यस अन्तरगत बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोटको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर गरी प्रत्येकलाई पँचास हजार रुपैयाँ साथै जुम्लाको जनता माध्यमिक विद्यालय (प्राबिधिक धार)लाई एक लाख रुपैयाँ प्रदान गरेकाे छ ।
यसका साथै हुम्लाको लालिगुँराश मा.वि, कोट मा.वि तथा हिमज्योती मा.वि प्रत्येकलाई ३३ हजार ३३३ रुपैयाँ बैंकले हस्तान्तरण गरेको छ । साथसाथै बैंकले हुम्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेतको साझा घर प्रत्येकलाई पचास हजार रुपैयाँ हस्तानतरण गरेको छ । यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ । यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मद्दत गर्नेछ।
यसकासाथै बैंकले डोल्पाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेतको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई पचास हजार रूपैयाँ हस्तान्तरण गरेको छ । यस रकम त्यहा आवश्यक विभिन्न सर सामानहरु ख्रिद गर्नका लागी उपयोग हुनेछ ।साथै निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकको योजना रहेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सम्मृद्ध नेपाल र सुखी नेपाली ’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । मेरोलगानी ।