Home बुलेट न्युज पर्वतमा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण

पर्वतमा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण

by ईलालटिन
0 comment

पर्वत। पर्वतमा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । छिमेकी निल्लाहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखिए पनि पर्वतको समुदाय स्तरमा भने कोरोना संक्रमण देखिएको थिएन ।

कुश्मा नगरपालिका वडा नम्बर ३ का ६८ वर्षिय बृद्ध र वडा नम्बर ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको पनि निर्देशनालयले जनाएको छ ।

संक्रमित दुईलाई सदरमुकाम कुश्माको अस्थायी कोरोना अस्पतालमा लैजाने तयारी भएको सिसिएमसी पर्वतले जानकारी दिएको छ ।

यि दुई सँगै अब पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यस अघि १ सय ३ जना उपचारपछि घर फर्किसकेका छन् । ९ जनाको भने अस्थायी कोरोना अस्पतालमा उपचार भैरहेको छ ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com