पर्वत । नेपाली काँग्रेस पर्वतले १०७ औँ विपी जयन्तीको अवसर पारेर श्रमिक तथा मजदुर १५० परिवारलाई राहात वितरण गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार कुश्मा नगरपालिका १ मालढुंगा र कुश्मा नगरपालिका २ नयाँपुलका परिवारलाई राहात वितरण गरिएको नेपाली काँग्रेस पर्वतले जनकारी दिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा १५० परिवारलाई चामल, नून, तेल, दाल, सोयाविन लगायतका सामाग्री वितरण गरिएको हो ।
राहत वितरण गर्दै नेता जोशीले नेपाली काँग्रेस मजदूर र श्रमिकको हितमा काम गर्ने पार्टी रहेको बताउँदै सत्तामा पुगेको नेकपा सरकारले अहिले मजदूर र श्रमिक भोकभोकै पर्दा पनि सहयोग नगरेकोमा दुःख व्यक्त गरे ।

सँगै जननायक विपि कोईरालालाई सम्झँदै जोशीले विपी कोईराला नेपाली काँग्रेसका लागि मात्रै नभई नेपाल र नेपालीका लागि विश्वमै देखाउन लायक नेता रहेको बताए ।