पर्वत । सदरमुकाम कुश्मा बजार देखि १५ मिनेटको पैदल दुरी कुश्मा नगरपालिका ९ कटुवचौपारी स्थित पाटेश्वरी मन्दिर नजिकै एउटा वेवारिसे शव फेला परेको छ।
शव बुधबार दिउँसो भेटिएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीन,चार दिन अघि मृत्यु भएको जस्तो देखिने शव अन्दाजी ५० वर्षीय पुरुषको हो।
कालो जिन्स पाईन्ट र सेतो र रातो धर्से सर्ट लगाएका ती पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
