पर्वत । पर्वतमा पहिलोपटक एक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौबाट सरुवा भएर आएका २८ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी सरुवा भएर आएपछि पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा रहेका थिए।
कोरोना पुष्टि भएका प्रहरी जवानलाई पर्वतको आइशोलेशन अस्पतालमा राखेर उपचार थालिएको सिसीएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिए।
योसँगै पर्वतको कोरोना संक्रमण हुनेको संख्या १ सय १० पुगेको छ। हालसम्म १ सय ३ जना उपचारपछि निको भएर फर्किसकेका छन् भने अहिले ७ जनाको आइशोलेशन अस्पतालमा उपचार भैरहेको छ। अन्नपूर्ण
