धनुषा । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. २ सिनुरजोडामा साथीहरूसँग खेलिरहेकी ती बालिकालाई ५६ वर्षीय बद्रीनाथ साहले ललाई फकाई पसलमा बोलाएर मुख थुनी बलात्कार गरेका थिए।
आरोपित घटना भएदेखि नै फरार रहेकोमा विशेष सूचनाको आधारमा सादा पोशाकमा खटेका प्रहरी टोलीले महोत्तरीको मठिहानी स्थित लुकीछिपी बसिरहेको अवस्थामा बुधबार साँझ नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।