काठमाडौं । विदेशी पर्यटकले समेत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन । बिहीवार भिसा नेटवर्क र फोनपेबीच भएको एक सम्झौतापछि विदेशी पर्यटकलाई पनि भुक्तानीमा सहज हुने भएको छ । सम्झौतासँगै अब भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा क्यूआर कोडबाट वित्तीय कारोबार गर्न पाउने छन् । नेपालको फोनपे नेटवर्कले भिसासँग मिलेर क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँच पु¥याएको हो ।
यसका लागि भिसा इनेबल भएको बैंकिङ एप आवश्यक पर्ने जनाइएको छ । यसका साथै भिसा नेटवर्कको ‘एमभिसा’ एप प्रयोगकर्ताले समेत भुक्तानी गर्न सक्नेछन् । नेपाललाई डिजिटल रुपान्तरणमा लैजान यो सेवाले सहयोग पुग्ने जनाएको छ । फोनपेले केही समयअघि खल्ती,प्रभुपे जस्ता स्थानीय भुक्तानी सेवा प्रदायकलाई समेत आफ्नो नेटवर्कमा भित्र्याएको छ । यो सुविधासँगै भिसा नेटवर्क प्रयोगकर्ताले साना–साना तरकारी पसलदेखि ठूलाठूला मल,होटल, रेष्टुरेन्टहरुमा सहज रूपमा क्यूआर भुक्तानी गर्न पाउने भएको छ । मेरोलगानी ।