Home समाचार तत्काल स्थानान्तरण गर्न नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीको माग

तत्काल स्थानान्तरण गर्न नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीको माग

by ईलालटिन
0 comment

काठमाडौं । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा  उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाएका छन् । त्यो आफूहरूलाई कदापि मान्य नहुने पनि उनीहरूको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति-, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन् । उनीहरू गत मङ्सिर २८ गते देखि निरन्तर आन्दोलनरत छन् । कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरूको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन् । यस्तै, उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरूमाथि मात्र नभएर अभिभावकसम्ममा फोन जान थालेको बताइन् ।

कार्यक्रममा आन्दोलनरत पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै, अर्की पीडित विद्यार्थी सदिच्छा आर्चायले आफुहरुले हार गुहार गर्दापनि राज्यले निरिहता देखाएको आरोप लगाइन् । तिन महिनासम्म विद्यार्थी सडकमा आउँदा पनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ ? भन्दै प्रश्न उठाइन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com