Home अर्थ/वाणिज्य सोमबार तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो सुन, बढिरहला त भाउ ?

सोमबार तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो सुन, बढिरहला त भाउ ?

by ईलालटिन
0 comment

काठमाडौं ।  सुनको मूल्यमा अस्थिरता कायम रहेको छ । अघिल्लो दुई कारोबार दिन घटेको सुनको मूल्य सोमबार फेरि महंगिएको छ । फागुन १६ गते, सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार भने सुन तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएको थियो ।

सो दिन सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा झरेको थियो । दुई कारोबार दिन सुनको मूल्य लगातार घट्दा तोलामा दुई हजार ४०० रुपैयाँले गिरावट भएको महासंघको तथ्यांकमा देखिन्छ । अघिल्लो साताको बिहीबार सुन एक लाख रुपैयाँ नजिक पुगेको थियो । यसैगरी सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । साताको पहिलो कारोबार दिन चाँदी तोलामा नै ४० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ तोकिएको थियो । शुक्रबार र आइतबार चाँदीको भाउ तोलामा नै ६० रुपैयाँले घटेको थियो ।

रसिया र युक्रेनकाे युद्धकाे असर

रसिया र युक्रेनकाे युद्धका कारण सुनको भाउमा तिव्र उतारचढाव देखिएको छ । हाल विश्व बजारमा पनि सुनकाे मूल्यमा घटबढ जारी छ । अन्तराष्ट्रिय सुन बजार अनुसार नै नेपालमा सुनकाे मूल्य निर्धारण हुने भएकाले यस बजारमा पनि असर देखिएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार रसियाले युक्रेनलाई गरिरहेको आक्रमण गरिहँदा विश्वका अन्य देशहरुले रोक्न खोजिरहेको अवस्थामा लगानीकर्ताहरु अस्थिर रहेका छन् ।

बज्राचार्य भन्छन्, ‘युक्रेनमा आक्रमण रोकिने आशामा लगानीकर्ताहरुले सुनमा लगानी कम गरेर अन्य क्षेत्रमा लगानी थुप्रिदा सुनको भाउ कम हुन्छ । तर युद्ध चर्किने खतराको समयमा सुनमा लगानीबढ्दा सुनको मूल्य महंगो हुन्छ । यसकारण सुनचाँदीको मूल्य घटबढ भइरहेको छ । विश्व बजारमा पनि सोमबार सुनको भाउ बढेको छ । हाल सुन प्रति अउन्स २० डलर बराबरमा कारोबार भइरहेको छ । एक महनिामा सुन प्रतिअउन्स करिब १०० डलरले बढिसकेको छ ।-सो बजारमा पहिलो कारोबार दिन चाँदीको भाउ पनि बढेर प्रतिअउन्स २४ डलरमा खरिदबिक्री हुँदैछ ।

अब सुनको मूल्य कति होला ?

आउँदा दिनमा सुनको मूल्य सामान्य हुने महासंघको भनाई छ । ‘अब यो सुनको मूल्य माथि नै बसिरहनु पर्ने त होइन । सुनको मूल्य घट्नुपर्छ । युद्ध पनि सधैँ त भइराख्दैन ,’ बज्राचार्य भन्छन् । तर युद्ध चलिरहँदा केहि दिन मूल्य यस्तै रहिरहने पनि उनी बताउँछन् ।यद्यपी चैत्रसम्म सुनको मूल्यमा देखिएको अस्थिरताको समस्या निर्क्याैल भइसक्ने र सुनको भाउ घट्नेमा उनी सकरात्मक देखिन्छन् । -सुन व्यवसायीहरु आगामी लगनको समय वैशाखकालागि आशावादी भएको पनि बज्राचार्य  बताउँछन् । सो समयसम्म सुनको भाउ सामान्य भइसक्छ । व्यापार पुरानै लयमा फर्किन्छ ।

कस्तो छ कारोबार?

नेपाली सुनबजारमा अहिले कुनै रौनकता देखिँदैन । यो समयमा शुभकार्यका लागि कुनै लगन नभएकाले र भाउ पनि तिव्र रुपमा उतारचढाव हुँदा सुनचाँदीको कारोबार शून्य जस्तै छ । महासचिव बज्राचार्यले हाल लगन नभएकाले र भाउमा पनि उतारचढाव भएकाले सुन बजारमा सामान्य भन्दा कम रहेको मेरोलगानीलाई बताए । -अहिले औसतामा २० किलोको हाराहारीमा सुन बजारमा दैनिक कारोबार भइरहेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com