Home पत्रपत्रिका अब कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’को विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

अब कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’को विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

by ईलालटिन
0 comment

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।

उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोनसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका हुन्। उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताए।

उनले भने, ‘एउटा शब्द छ नी अहिले प्रचलनमा ‘लिभिङ टुगेदर’। अब कुरा के हो भने हामीले महामारीसँग होस पुर्‍याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ। अरु उपायतिर जान उचित हुँदैन। निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्छ। आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्छ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्याना दिनुपर्ने बताइन्। संसदीय समितिबाट कारागारभित्र रहेका कैदीहरुको व्यवस्थापनका लागि पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले केही नगरेको गुनासो उनले गरिन्।

कोरोनाबाट कारागारभित्र अहिलेसम्म ४ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले धेरैलाई लक्षण देखिएपनि परीक्षण नभएकोमा दुःख व्यक्त गरिन्। कैदीहरुको व्यवस्थापनका लागि कानून अनुसार अगाडि बढ्नुपर्ने सुझाव उनले सरकारलाई दिइन्।

महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समिक्षा गर्दै उपत्यकाबाट प्रतिनिधसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। -नेपालखबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com