काठमाडौं । कोभिढ १९ को महामारी फैलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
महामन्त्री कोइरालाले आज मंगलबार गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । चिकित्सकहरुको सल्लाह अनुसार हाल आफू होम आइसोलेसनमा बसेको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् । हालसम्म उनलाई कुनै पनि किसिमका गम्भीर लक्षण देखिएका छैनन् ।