Home बुलेट न्युज एमसीसीका कारण देशमा विभाजन: अर्थमन्त्री शर्मा

एमसीसीका कारण देशमा विभाजन: अर्थमन्त्री शर्मा

by ईलालटिन
0 comment

पर्वत ।अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण देशमा विभाजन आएको बताएका छन् ।

आज पर्वतको सदरमुकाम कुश्मामा पर्वत उद्योग वाणिज्य सङ्घको साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी राष्ट्रिय मुद्दा बनेको हुँदा दलहरू बिच छलफल गरी राष्ट्रिय सहमति अनुरूप समस्याको समाधान खोजिनुपर्ने बताएका हुन् ।

उनले दलहरूले आफ्नै गोरुको बाह्रै टक्का नगरी एमसीसीका कारण देशमा देखा परेको राष्ट्रिय सङ्कटलाई सबै दलको राष्ट्रिय सहमतिबाट निकास खोजिनुपर्ने बताए ।

अर्थमन्त्री शर्माको आज प्रतिनिधि सभामा नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्य सूची रहेको थियो ।

तर अर्थमन्त्री शर्मा संसद् छल्न हिजो नै सदरमुकाम कुश्मा आइपुगेका थिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com