पर्वत।अर्थमन्त्री जनार्दन शर्माले आज पर्वतको सदरमुकाम कुश्मामा पर्वत उद्योग वाणिज्य सङ्घको साधारण सभामा बोल्दै पर्वत र बागलुङ जोड्नका लागि मोटरेबल पुलमा सहयोग गर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले प्रविधिको विकासको अघि असम्भव भन्ने नभएको हुँदा सदरमुकाम कुश्मा र बागलुङको बलेवालाई जोड्ने गरी कालीगण्डकीको खोँच माथि मोटरेबल पुल बन्न सक्ने बताएका हुन् ।
उनले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै पर्वतका अन्य विकास निर्माणका काममा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
एक दशक अघिदेखि नै यस ठाउँमा मोटरेबल पुल निर्माणका लागि पहलकदमी भइरहेका छन् ।
