Home बुलेट न्युज सदरमुकाम कुस्मामा करदाता सेवा कार्यालय स्थापना

सदरमुकाम कुस्मामा करदाता सेवा कार्यालय स्थापना

by ईलालटिन
0 comment

पर्वत । आन्तरिक राजश्व कार्यालयले निजामति सेवा दिवसको अवसर पारेर सोमबार देखि पर्वतको कुस्मामा करदाता सेवा कार्यालय स्थापना गरेको छ ।

बागलुङ्गबाट दिँदै आएको सेवा लिन पर्वतबासीलाई असहज भएको गुनासो आएपछि पर्वतमै सेवा कार्यालय स्थापना गरिएको हो । सरकारले २४ जिल्लामा करदाता सेवा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार पर्वतमा पनि कार्यालय स्थापना गरिएको प्रमुख कर अधिकृत हेमराज सुबेदीले बताए ।

कार्यालय स्थापनापछि करचुक्ता प्रयोजन तथा ब्यवसायलाई मूल्य अभिबृद्धि कर तथा स्थायी लेखा नम्बर लिनका लागि बागलुङ्ग जानुपर्ने बाध्यता हटेको छ ।

जिल्लमा झण्डै ७ हजार भन्दा बढि करदाताहरु रहेका छन । पछिल्लो समय पर्वतमा मुल्यअभिबृद्धि करबाट कारोबार गर्नेको संख्या पनि पर्वतमा बढिरहेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com