Home पत्रपत्रिका कांग्रेसले तीनदिनसम्म बीपी जन्मजयन्ती मनाउने

कांग्रेसले तीनदिनसम्म बीपी जन्मजयन्ती मनाउने

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म मनाउने भएको छ । भदौ २४, २५ र २६ गते विभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको छ ।

बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्छ । कांग्रेसले बीपी जयन्ती अनिवार्य भौतिक दूरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जनाएका छन्।

भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुने छ । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यसैगरी भदौ २५ गते दिउँसो १ बजे ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुले आफ्नो राय राख्नेछन्।

यसैगरी भदौ २६ गते दिउँसो बजे ‘विचार निर्माण एवं प्रचारमा बीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ । यो कार्यक्रममा नरहरी आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। सो कार्यक्रम सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्नेछ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com