Home विश्व/प्रवास पञ्जाबको ११७ तथा यूपीको ५९ सिटमा मतदान सुरु, क–कसको भविष्य दाउमा ?

पञ्जाबको ११७ तथा यूपीको ५९ सिटमा मतदान सुरु, क–कसको भविष्य दाउमा ?

by ईलालटिन
0 comment

भारत । पञ्जाब विधान सभाको ११७ सिट र उत्तर प्रदेश विधान सभा चुनावको तेस्रो चरणमा आइतबार ५९ सिटमा मतदान सुरु भएको छ । पञ्जाबमा अहिले काँग्रेस सत्तामा रहेको छ र यस पटकको चुनावलाई बहुकोणीय रहेको बताइएको छ । पञ्जाबमा मुख्य पार्टीहरूमा काँग्रेस, आम आदमी पार्टी, शिरोमणि अकाली दल बहुजन समाज पार्टी गठबन्धनको साथै भारतीय जनता पार्टी, पञ्जाब लोक काँग्रेस र शिरोमणि अकाली दल (संयुक्त) यसको साथै संयुक्त समाज मोर्चा पनि रहेको जसमा अलग–अलग किसान युनियनसँग मिलेर बनेको छ ।

पञ्जाबमा मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ भने उत्तर प्रदेशमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । पञ्जाबमा २ करोड मतदाताले १ हजार ३०४ उम्मेदवारको भविष्यको फैसला मात्र गर्ने छैनन्, चुनावको नतिजाले कयौँ राष्ट्रिय र राज्य स्तरीय नेताको भविष्य पनि जोडिएको छ । यसमा पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंन्दर सिंह र प्रकाश सिंह बादल, काँग्रेसका प्रदेश अध्यक्ष नवजोत सिंह सिद्धू, मुख्यमन्त्री चरणजीत सिंह चन्नी, शिरोमणि अकाली दलका प्रमुख सुखबीर सिंह बादल र आपका मुख्यमन्त्री उम्मेदवार भगवन्त मान शामेल छन् ।  यस चुनावमा विपक्षी पार्टीहरूले काँग्रेसलाई लागु औषध र भ्रष्टाचारदेखि कयौँ मुद्दामा घेराबन्दी गरेको छ । सन् २०१७ को पञ्जाब विधान सभा चुनावमा काँग्रेसले ७७ सिटमा जीत हासिल गरेको थियो भने आम आदमी पार्टीले २० सिट जित्दै प्रमुख प्रतिपक्षी दलको रुपमा उदाएको थियो । एसएडी–बिजेपी गठबन्धनलाई मात्र १८ सिटमा जीत हासिल भएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com