Home समाचार सडक बत्तीको बक्यौता बुझाउन अटेरी, प्राधिकरणको गर्‍यो ताकेता

सडक बत्तीको बक्यौता बुझाउन अटेरी, प्राधिकरणको गर्‍यो ताकेता

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति लिई स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका) वा उपभोक्ता समूहहरूले जडान गरेका सडक बत्तीहरूको बक्यौता महसुल तिर्न अटेरी भएको पाइएको छ । प्राधिकरणले एक सूचना नै जारी गर्दै बक्यौता तिर्न ताकेता गरेपछि यस्तो खुलासा भएको हो ।प्राधिकरणले आइतबार जारी गरेको सूचनामा बक्यौता पछिल्लो समयमा बृद्धि हुँदै गएको, केही स्थानीय तहहरूले मासिक विद्युत बिल समर्थन गर्न समेत आनाकानी गर्ने गरेको पाइएको उल्लेख गरेको छ ।

प्राधिकरणले सडक बत्ती प्रयोग गरे बापत जारी भएका विद्युत बिलहरू समयमै भुक्तानी गर्न तथा बिल समर्थन गर्न बाँकी रहेका स्थानीय तह तथा उपभोक्ता समूहहरूले नियमानुसार संयुक्त प्रमाणीकरण गरी बिल समर्थन गरी यथाशीघ्र विद्युत महसुल भुक्तानी गर्न अनुरोध गरेको छ । सूचना जारी भएको मितिले १५ दिनभित्र बक्यौता बुझाउन पनि प्राधिकरणले भनेको छ । अन्यथा विद्युत सेवा समेत बन्द गरिने प्राधिकरणले चेतावनी दिएको छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com