Home समाचार सुकेटार विमानस्थलमा उडान अवरुद्ध

सुकेटार विमानस्थलमा उडान अवरुद्ध

by ईलालटिन
0 comment

ताप्लेजुङ ।  ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तर उडान अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताए ।

लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो । आजको उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट बुकिङ गरेका १४ यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ यात्रु पनि उतै रोकिएका स्टेशन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटकपटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com