ताप्लेजुङ । इजिप्टलाई पन्छाउँदै सेनेगलले पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। इजिप्टलाई टाइब्रेकरमा ४–२ गोल अन्तरमा हराउँदै सेनेगल पहिलोपटक च्याम्पियन बनेको हो। निर्धारित समयमा कुनै गोल नभएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे। बोउना सार चुकेका थिए।
यता इजिप्टका जिजो र मारवान हान्डीले मात्र गोल गर्न सफल भए। मोहम्मेद एब्डेलमोनेम र मोहनाद लासिन चुकेपछि आठौं पटक उपाधि जित्ने इजिप्टको सपना पुरा भएन। त्यसअघि ओम्नि स्पोर्ट्स पउल याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमा सेनेगलले अग्रता लिने मौका गुमाएको थियो। साडियो माने पेनाल्टीमा चुक्दा सुरूआती अग्रता लिन सेनेगल चुकेको थियो। सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फउल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएका थिए। तर मानेको पेनाल्टीलाई इजिप्टका गोलरक्षक मोहमेद एवाउगवालले उत्कृष्ट बचाउ गरेका थिए।