काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.८१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३ प्रतिशतबाट घटेर २.५९ प्रतिशतमा झरेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ७७ लाख रुपैयाँ छुट्याएको छ। पुस मसान्तसम्ममा लघुवित्तले ५६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३९ रुपैयाँ ९६ पैसाबाट घटेर ३९ रुपैयाँ ४४ पैसामा झरेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५१.२० प्रतिशत बढेको छ भने जगेडा कोष ४.६८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५७.४८ प्रतिशत र निक्षेप १९.७४ प्रतिशत बढेको छ भने कर्जा ३९.५० प्रतिशत बढेको छ।सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ८७ पैसा रहेको छ। मेरोलगानी ।