Home समाचार ज्यापु महागुथि नेपाः येँ महानगर समितिको अध्यक्षमा पञ्चनारायण महर्जन

ज्यापु महागुथि नेपाः येँ महानगर समितिको अध्यक्षमा पञ्चनारायण महर्जन

by ईलालटिन
0 comment

काठमाडौं । ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष २, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका साथै १४ जना सदस्यहरुको लागि निर्वाचन गरिएकोमा दुई उपाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन गरिएको थियो ।

अध्यक्ष पदका लागि नरदे-वीका न्हुछेकाजी महर्जन, गोफः त्वाःका पञ्चनारायण महर्जन र वतु त्वाःका सुरेन्द्र महर्जनको उम्मेदवारी दिएका थियो । जसमा पञ्चनारायण महर्जन ३६० मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी न्हुछेकाजी महर्जनले १७१ मत र सुरेन्द्र महर्जनले ८ मत प्राप्त गरेका थिए । -यसैगरी महागुथिका अन्य पदाधिकारीह? उपाध्यक्षमा कृष्ण नारायण महर्जन र उपाध्यक्षम(महिमा)मा नानी हेरा महर्जन, सचिवमा मचाराजा महर्जन, कोषाध्यक्षमा जुजुकाजी महर्जन, सहसचिवमा रजिना डंगोल, सहकोषाध्यक्षमा नानी हेरा डंगोल चयन भएका छन् ।

यसैगरी खुल्ला सदस्यमा श्याम कृष्ण प्रजापति, राजन महर्जन, श्रीकृष्ण महर्जन, कृष्ण महर्जन, मचाराजा महर्जन, श्याम महर्जन, कुलनारायण डंगोल, सूर्यमान महर्जन, दिनेश महर्जन चयन भएका छन् भने महिला सदस्यमा विद्यालक्ष्मी डंगोल, बिमला महर्जन (डंगोल), कमला महर्जन, सजनी महर्जन र सुनिता महर्जन डंगोल चयन भएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com