Home विशेष नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतरले गरे भेला

नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतरले गरे भेला

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्व अवैधानिक भएको भन्दै संस्थापनइतर समूहले भेला गरेका छन्। नेविसंघ अध्यक्षमा राजिव ढुंगाना छन्। उनी १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पार्टी केन्द्रीय सदस्य भएपछि भातृ संस्थाको पद स्वत: रिक्त भए पनि उनले छाडेका भने छैनन्। ढुंगाना अधिवेशनबाट नेविसंघ सभापति भएका थिएनन्।

सभापति शेरबहादुर देउवा निकट उनलाई तदर्थ समिति सभापति बनाइएको थियो। महामन्त्रीलगायत पदमा भने त्यसबेला नेताहरूबीच भागबन्डा गरेर नेतृत्व चयन गरिएको थियो।नेविसंघ संकटमा रहेकोले अब १२ औं महाधिवेशन गर्नुपर्ने संस्थापनइतर समूहका नेताहरू बताउँछन्। उनीहरूले नेविसंघको १२ औं महाधिवेशन माग गर्दै आइतबार काठमाडौंमा भेला पनि गरेका थिए। भेलामा नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वसहमहामन्त्री ललिता सुनार, पूर्व केन्द्रीय सदस्यहरू प्रेमिका राना मगर, पुजन गन्धर्व, जानुका पन्त, रत्नहरि ढुंगेल,कास्की अध्यक्ष विक्रम आदित्य, दोलखा अध्यक्ष भीम खड्का, पूर्वी रूकुम अध्यक्ष सुमन बुढा मगर, मुगु अध्यक्ष धर्म शाही, त्रिवि समिति अध्यक्ष श्यामचन्द्र अधिकारी, जनमैत्री स्ववियू सभापति पंकज क्षेत्री, आरआर अध्यक्ष पुष्कर बास्तोला, सिटीभिटी अध्यक्ष महेन्द्र शाहीलगायत ५५ जना नेविसंघका नेताहरू उपस्थित थिए।

नेविसंघको वर्तमान अवस्था र अब कसरी अगाडि जाने भन्ने रणनीति तय गर्नका लागि भेला गरिएको नेपाल ईञ्जिनियरिङ कलेजका पूर्वसभापति प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष भुवन भट्टले बताए।‘नेविसंघलाई अवैधानिक हुनबाट बचाउन १२ औं महाधिवेशन गर्नुपर्छ। महाधिवेशन सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘साथै स्ववियू निर्वाचनलगायत पनि समयमै हुनुपर्छ भन्ने हो।’ नेविसंघ महाधिवेशन गर्न पार्टी नेतृत्वले पनि सहयोग गर्नुपर्ने धारणा उनीहरूले राखेका थिए। तत्कालीन निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ ढुंगाना नेतृत्वमा तदर्थ समिति मात्रै छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com