Home बुलेट न्युज हिटरका कारण न्युयोर्कको एक भवनमा आगलागी, ९ बालबालिकासमेत १९ को मृत्यु

हिटरका कारण न्युयोर्कको एक भवनमा आगलागी, ९ बालबालिकासमेत १९ को मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं ।  न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ जसमा ९ बालबालिका समावेश छन् ।न्युयोर्कका मेयर एरिक एडम्सले उक्त घटनामा घाइते भएका ३२ जनालाई अस्पताल भर्ना गराइएको जसमध्ये धेरैको अवस्था गम्भीर भएको भएको जानकारी दिए । दमकल विभाग कमिश्नर डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडित भेटिएको बताए । घटनाका बेला अत्यधिक धुँवा निस्किएको उनले बताए ।

उनले एनबीसी न्युजलाई दिएको जानकारी अनुसार ३० वर्षको अवधिमा यस्तो प्रकृतिको घटनाका कारण यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो । अधिकारीका अनुसार आइतबार ब्रोन्क्स अपार्टमेन्ट ब्लकमा स्थानीय समयानुसार दिउँसो ११ बजे दोस्रो र तेस्रो तलमा आगलागी भएको हो ।करिब २ सय दमकलकर्मीलाई आगो निभाउनका लागि पठाइयो । अधिकारीका अनुसार इलेक्ट्रिक हिटरमा समस्याका कारण यो आगो लाग्न सुरु भएको हो । कमिश्नर निग्रोकमा अनुसार आगो दुई तलमा लागेको थियो तर धुँवा जताततै थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com