Home समाचार राष्ट्रिय सभा निर्वाचन: आजदेखि आचारसंहिता लागू

राष्ट्रिय सभा निर्वाचन: आजदेखि आचारसंहिता लागू

by ईलालटिन
0 comment

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।यही माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। १२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनका लागि ४३ जना उम्मदेवार मैदानमा छन्।

साथै निर्वाचन आयोगले निर्वाचन अवधिभर आचारसंहिता पालना नभए कारबाही गरिने चेतावनी दिएको छ। आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गरिनुपर्ने पनि बताएको छ।केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचारसंहिता लाग्नेछ। साथै सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीमा पनि आचारसंहिता लागू हुनेछ।राजनीतिक दललाई पनि आचारसंहिता लाग्नेछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com