Home समाचार महाधिवेशन समीक्षा गर्न शेखर कोइरालाले बोलाए बैठक

महाधिवेशन समीक्षा गर्न शेखर कोइरालाले बोलाए बैठक

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालाले आफूनिकट नेतालाई छलफलमा बोलाएका छन्। महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाएका हुन्। नेता कोइरालाको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्नेछ।

यो पनि: शेखर कोइराला पक्षको निचोड: रामचन्द्रले देउवालाई नै सहयोग गरे

यसैबीच कोइरालासहित उनी पक्षका नेताहरू मंगलबार पनि छलफलमा जुटेका थिए। सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफू-हरू पुगेको कोइराला पक्षका नेताहरू बताउँछन्। सभापति देउवाले पदाधिकारीमा हारेका आफूपक्षका नेता केन्द्रीय समितिमा समेट्दा कोइराला पक्षका एक जना पनि नेताहरू परेका छैनन्। ३३ मध्ये देउवाले १३ जना मनोनीत गरिसकेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com