Home बुलेट न्युज निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

by ईलालटिन
0 comment

काठमाडौं  ।  गृह मन्त्रालयले नेपालगञ्जकी एकल महिला निर्मला कुर्मीको जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ।मंगलबार गृह मन्त्रालयले कुर्मीको जाहेरीमा औंल्याइएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न आदेशसहित प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला कुर्मीले जानकी गाउँपालिका-२ नेवाजी गाउँका नन्कुनी धोबीको हत्या सम्बन्धमा जाहेरी दिएकी थिइन्।

तर, जाहेरीमाथि कारबाही नभएपछि उनी माइतीघर मण्डलामा अनसन बस्दै आएकी छिन्। मंगलबार गृह मन्त्रालयमा दुबै पक्षबीच वार्ता भएपछि मन्त्रालयले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो। सहमतिलगत्तै मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको हो। नन्कुनीको हत्या सम्बन्धमा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वको छानबिन समितिले प्रतिवेदन यसअघि नै पेश गरिसकेको छ। ‘उक्त प्रतिवेदनले कुर्मीले दिएको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमुद्दा सम्बन्धमा जाहेरीमा औंल्याइएका विषयमा अनुसन्धान गर्न आदेशानुसार अनुरोध छ,’ गृहको पत्रमा भनिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com