Home विश्व/प्रवास अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च, न्यु साउथ वेल्समा ३५,०५४, भिक्टोरियामा १८,८५३ दैनिक सङ्क्रमण

अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च, न्यु साउथ वेल्समा ३५,०५४, भिक्टोरियामा १८,८५३ दैनिक सङ्क्रमण

by ईलालटिन
0 comment

सिड्नी । अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र रूपमा बढिरहेको छ। अष्ट्रेलियामा एकैदिन ५५ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ५५ हजार ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार न्यु साउथ वेल्सले दैनिक सङ्क्रमणको नयाँ रेकर्ड कायम गरेको छ। बुधवार ३५,०५४ जनामा सङ्क्रमण पुष्टि भएको छ। यहाँ कोरोना भाइरसका कारण आठ जनाले ज्यान गुमाएका छन्।

यहाँ अघिल्लो दिनको तुलनामा करिब १२ हजार बढी संक्रमित फेला परेको हो। यहाँ मंगलबार कोभिड–१९ पुष्टि हुनेको सङ्ख्या २३,१३१ रहेको थियो। न्यु साउथ वेल्सका अस्पतालहरूमा हाल १,४९१ कोभिड-१९ सङ्क्रमितको उपचार भइरहेको छ। अघिल्लो दिन यो सङ्ख्या १,३४४ रहेको थियो। महामारी पछि यति धेरै सङ्ख्यामा सङ्क्रमित अस्पताल भर्ना भएको पहिलोपटक हो। हाल सघन उपचार कक्षमा ११९ जनाले उपचार गराइरहेका छन्। यस्तै भिक्टोरियामा एकै दिन १८,८५३ जनामा सङ्क्रमण पुष्टि भएको छ। यहाँ ११ जनाले कोभिड–१९ का कारण ज्यान गुमाउन पुगेका छन्। मंगलबार राज्यमा १४,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com