धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा बबीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनी सवारी ज्यान मुद्दामा फरार थिए।
गत पुस २ गते टीकापुरमा उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्। उनको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृत्यु भएको थियो। सेतोपाटी ।