Home विश्व/प्रवास बार्सिलोनाको कठिन जित, पाँचौ स्थानमा उक्लियो

बार्सिलोनाको कठिन जित, पाँचौ स्थानमा उक्लियो

by ईलालटिन
0 comment

म्याड्रिड ।  स्पेनीस ला लिगामा बार्सिलोनाले रियल मार्लोकामाथि १–० कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा लुक डे जोङले निर्णायक गोल गरे। मार्लोकाको घरेलु मैदानमा गए राति खेलको ४४ औं मिनेटमा डी जोङले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।

यो जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल रह्यो। बार्सिलोनाको अब १९ खेलबाट ३१ अंक भएको छ। चौथो स्थानमा रहेको एथलेटिको म्याड्रिडको समान खेलबाट ३२ अंक भएको छ। तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक हुँदा दोस्रो स्थानमा रहेको सेभिल्लाको ३८ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ। आइतबार राति कोरोना भाइरस संक्रमण र चोटका कारण अधिकांश पहिलो रोजाईका खेलाडी बिनै खेलेको बार्सिलोनाले महत्वपूर्ण अंक जोड्न सफल भएको हो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com