Home समाचार बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

by ईलालटिन
0 comment

सिरहा ।  जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।

सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्रणमा लिए पनि ट्रक पूर्णरुपले जलेको छ । मिथिला नगरपालिका–९, धनुषाका साहले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेको बताए ।

त्यही ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाएका उनी ट्रक नै आगजनी भएपछि चिन्तित बनेका छन् । बन्दका क्रममा जनमतका कार्यकर्ताहरु छापामार शैलीमा सडकमा आई गाडी तोडफोड र आगजनी गरिरहेका छन् । यसअघि पनि जनमत पार्टीका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएका थिए । पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चितकालीन तराई मधेसको दिवाकालीन सडकजाम आह्वान गरेको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com