Home बुलेट न्युज भारतका २३ राज्यमा फैलियो ओमिक्रोन, १५२५ जना संक्रमित

भारतका २३ राज्यमा फैलियो ओमिक्रोन, १५२५ जना संक्रमित

by ईलालटिन
0 comment

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। यो सँगै कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ।

यस्तै तमिलनाडुमा ११७, गुजरातमा १३६ तथा केरलामा १०९ जना ओमिक्रोनका नयाँ संक्रिमत फेला परेका छन्।यस्तै राजस्थानमा ६९, तेलंगानामा ६७, हरियाणामा ६३, कर्नाटकमा ६४, आन्ध्र प्रदेशमा १७, पश्चिम बंगालमा २०, उडिशामा १४, मध्य प्रदेशमा ९, उत्तर प्रदेश र उत्तराखण्डमा ८-८, चण्डीगढ र जम्मू-कश्मीरमा ३-३, गोवा, हिमाञ्चल प्रदेश, लद्दाख, मणिपुर र पञ्जाबमा एक-एक संक्रमित फेला परेका छन्।

यसअघि डिसेम्बर २ मा पहिलो ओमिक्रोन संक्रमित भेटिएको भारतमा एक महिनामै १५०० भन्दा बढीमा संक्रमण देखिएको छ। यो सँगै भारतमा पछिल्लो २४ घन्टामा २८ हजार ४ सय ५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com