Home समाचार माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

by ईलालटिन
0 comment

काठमाडौं ।   नेकपा (माओवादी केन्द्र) सँग नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको एक समूहबीच एकता हुने भएको छ । शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो । शुक्रबार १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा आयोजना गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसाल (सम्पर्क केन्द्र)का नेता लोकेन्द्र लम्सालले संयुक्त रूपमा पार्टी एकताको घोषणा गर्ने बताइएको छ । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com