Home विशेष नवनिर्वाचित पदाधिकारी र सदस्यलाई कांग्रेसले भोलि प्रमाण पत्र दिने

नवनिर्वाचित पदाधिकारी र सदस्यलाई कांग्रेसले भोलि प्रमाण पत्र दिने

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र दिने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिसहित निर्वाचित सबैलाई प्रमाण पत्र दिन लागेको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचितहरू सबैलाई प्रमाण पत्र दिने कार्यक्रम रहेको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुन्छ। १३४ जना निर्वाचनबाट र ३३ जना मनोनित हुन्छन्। सभापति शेरबहादुर देउवाले समावेशी सिद्धान्तका आधारमा ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन्। केन्द्रीय समितिमा सभापति देउवा पक्षमा दुई तिहाइ छ। नेता शेखर कोइराला पक्षले भने थोरै मात्रै पदाधिकारी र केन्द्रीय सदस्य जितेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com