331
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् । देउवा समूहबाट चिनकाजी श्रेष्ठ २३०८, उमेश श्रेष्ठ २१४४ , बहादुरसिंह लामा २११४, दिलमान पाख्रिन १९७६, टेकबहादुर गुरुङ १९०६ , आङ्गेलु शेर्पा १८९८ र तारामान गुरुङ १८४८ मत ल्याएर निर्वाचित भएका छन् ।