212
काठमाडौं । लुम्बिनी प्रदेशबाट खड्कासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। खड्काले २६७३ मत ल्याएकी छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्काकी श्रीमती हुन्। खुमबहादुरको निधनपछि शिला र उनका छोरा अनुराग पनि पार्टी राजनीतिमा आएका छन्। उनीहरू दाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
साथै केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २७२७ र चन्द्रबहादुर केसी २२६७ मतसहित निर्वाचित भएका छन्। कांग्रेसमा प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशबाट २१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। सेतोपाटी ।