Home समाचार शेखर र विमलेन्द्रको समर्थनमा कांग्रेस प्रदेश २ सभापतिमा रामसरोजले गरे उम्मेदवारी दर्ता

शेखर र विमलेन्द्रको समर्थनमा कांग्रेस प्रदेश २ सभापतिमा रामसरोजले गरे उम्मेदवारी दर्ता

by ईलालटिन
0 comment

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश नम्बर २ को सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन्।प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री रहेका यादव नेता विमलेन्द्र निधिनिकट हुन्।यादवलाई प्रदेश सभापतिमा कांग्रेस नेता शेखर कोइराला पक्षले पनि समर्थन गरेका छन्।

यादवले प्रदेश अधिवेशनमा सभापति पदका लागि आज उम्मेदवारी दर्ता गरिसकेका छन्। साथै सभापति शेरबहादुर देउवा पक्षबाट रौतहट सभापति कृष्ण यादवले पनि प्रदेश सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।अब रामसरोज र कृष्णबीच सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सदस्यका लागि बुधबार मतदान हुने भएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com